नवलपरासी पश्चिममा सयौं संख्यामा गिद्ध मृत फेला , स्थानीय त्रसित



वैशाख ८,  रबिन्द्र यादव

गिद्ध शिकारी चरा समूह अर्न्तगत पर्ने ठूला मांसहारी पंंक्षी हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । गिद्धहरूमा विभिन्न हानिकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँने क्षमतावान हुन्छन ।

गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्छन् भने पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्ने पृथ्वीचन्द्र अस्पताल परासीका प्रमुख डाक्टर नुरहोदाले बताए । गिद्धको पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्व पनि छ ।

हिन्दू धर्ममा गिद्धलाई शनि देवताको बहानको रुपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख गरिएको छ ।

ठुलो संख्यामा गिद्ध मृत फेला परेपछि वरिपरिका स्थानीय त्रसित भएका छन् । गिद्धलाई यतिबेला सरकारले संरक्षणको सुचिमा राखेको अवस्था रहेको वर्तमान समयमा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ४ जितपुरको पाल्हि बहुमुखी क्याम्पसको पछाडि खाली चौरमा सय भन्दा बढिको संख्यामा गिद्ध मृत फेला पर्नु चिन्ताको विषय भएको सरोकारवालाहरुले बताएका छन् ।

घटना प्रकृति हेर्दा सिनोमा विषादी मिसाएर फालेको अवस्थामा गिद्धले उक्त सिनो खाँदा अकालमा ज्यान गुमाउन पुगेका हुन सक्ने स्थानीय संचारकर्मी सुरेश यादवले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्