वीरगञ्जमा ७ वर्षीय वालिकालाई बलात्कार गर्ने एक युवक पक्राउ



वैशाख ८,काठमाडौं । वीरगञ्जमा ७ वर्षीय वालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय प्रमोद सर्राफ रहेका छन् ।

उनले वालिकालाई १० रुपैयाँ दिएर फकाएर आफ्नै घरमा लगेर बलात्कार गरेको भन्दै अविभावकले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्सा प्रहरीका अनुसार सोमबार घरमा कोही नभएको अवस्थामा आएर आफ्नै घरमा लगेर ती वालिकालाई युवकले बलात्कार गरेका थिए । पक्राउ परेका युवकका सम्बन्धमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्