प्रदेश समाचार

दाङमा एक जना कोरोना संक्रमित पत्रकारको मृत्यु

By Saru Sunar

April 21, 2021

वैशाख ८, बुटवल । दाङमा कोरोना संक्रमित एक पत्रकारको उपचारका क्रममा मृत्यु भएको छ ।  घोराही उपमहानगरपालिका वडा नं. १७ का ४० वर्षीय पुरुष दामोदर अधिकारीको काठमाडौंमा मंगलबार राति मृत्यु भएको हो ।

उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । पछि काठमाडौं लगिएको थियो। केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।