सुनको मूल्य तोलामा १३०० ले बढ्यो, ९२ हजारमा कारोबार



 वैशाख ८,  काठमाडौँ । बुधबार सुनको भाउ तोलामा १ हजार ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि तोलाको ९२ हजार रुपैयाँ कायम गरेको छ ।

हिजो मंगलबार सुन प्रतितोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि बढेर तोलाको ९१ हजार ५ सय पुगेको छ । त्यसैगरी चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय १० पुगेको महासंघले जनाएको छ ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्