Banner First

टिप्परले स्कुटरलाई ठक्कर दिंदा दुई जना युवती गम्भीर घाइते

By Thah Online

April 21, 2021

कमल बिक्रम जिसी ,बैशाख ८ , काठमाडौँ। बा ०१ ००३क ५३५२ नम्बरको टिप्परले बा ६५ प ३७१६ नम्बरको स्कुटर लाई गोङ्गबु चोकमा ठक्कर दिंदा दुई जना गम्भीर घाइते भएका छन्। सामाखुसी बाट फोहोर लिई बसपार्क जाँदै गरेको टिप्पर र सोहि दिशाबाट गइरहेको स्कुटर लाई ठक्कर दिंदा करिब २०/२१ बर्षकी दुई युवती गम्भीर घाइते भएका हुन्।

टिप्पर र स्कुटर अहिले ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको एक ट्राफिक प्रहरीले थाहा अनलाईन लाई बताएका। घाइते दुबैको उपाचारक लागि ग्रांडी हस्पिटल लगिएको छ। टिप्पर चालक भने तत्काल फरार भएका छन्।