MAIN POSHTEH, AFGHANISTAN - JULY 3: U.S. Marines from 2nd Marine Expeditionary Brigade, RCT 2nd Battalion 8th Marines Echo Co. take cover as a 500 lb bomb explodes on a compound after the Marines took two days of enemy fire from the position on July 3, 2009 in Main Poshteh, Afghanistan. The Marines are part of Operation Khanjari which was launched to take areas in the Southern Helmand Province that Taliban fighters are using as a supply route and to help the local Afghan population prepare for the upcoming presidential elections. (Photo by Joe Raedle/Getty Images)

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिबान लडाकू मारिए

By Saru Sunar

April 21, 2021

वैशाख ८, काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबानी लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ ।

कारबाहीमा अरु पाँच जना तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाई छ ।मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीन वटा मोटरसाइकल सहित ठूलो संख्यामा हातहतियार बरामद भएको जनाएको छ ।

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ ।