नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा एक साता लकडाउन



८ वैशाख, काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो लहरबाट संक्रमितको संख्या अत्यधिक बढेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले एक साता लकडाउन गर्ने घोषणा गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते मध्यरातसम्म लकडाउन लागू गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उक्त लकडाउनको अवधिमा सवारी साधन, पसल तथा बैंक सञ्चालन र अत्यावश्यक बाहेक हिंडडुल गर्न पनि निषेध गरिएको  उनले बताए।लकडाउनको समयमा दैनिक उपभोग्य वस्तु ओसार पसार गर्ने सवारी साधन विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

उपमहानगरपालिका क्षेत्रमा बुधबारसम्म ७३५ जना सक्रिय संक्रमित पुगिसकेको र अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेकाले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन गर्न सिफारिस गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्