नेपाल समुहले भोली विहीबार पार्टी अध्यक्ष ओलीसमक्ष स्पष्टीकरण बुझाउने



वैशाख ८, काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल कुमार पक्षले विहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाउने भएका छन् ।आज बानेश्वरको बुद्धनगरमा बसेको नेपाल समुहको स्थायी कमिटिको बैठकले यस्तो निणयए गरेको हो । हिजो मैगलबार  वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण माग गर्नुभएको थियो ।

बुधबार बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले विहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरिएको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । बैठकले पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्दै थप रणनीतिका साथ अघि बढ्ने निर्णय गरेको छ । शाक्यले स्थायी समितिका सदस्यबीच छलफल नभएको लामो समय भएकाले आगामी रणनीतिका बारेमा छलफल भएको बताउनुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्