मास्क नलगाई हिँड्नेलाई कारबाही गर्ने



काठमाडौं ।  विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले  हिँडडुल गर्दा मास्क अनिवार्य गरेको छ । काठमाडौँमा मास्क नलगाई हिँड्नेहरु अब कारबाहीमा पर्ने भएका छन् । मास्क नलगाई हिँड्नेलाई अब प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने)  जनाएको छ । यसअघि गत वर्ष सरकारले लकडाउन उल्लंघन गर्नेलाई सडकमा होल्ड गर्ने गरेको थियो ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने ‘संक्रमणको दर बढिरहेको छ । त्यसैले स्थिति भयावह हुन नदिन कडा गर्ने तयारी गरेका हौं ।’ पराजुलीका अनुसार सार्वजनिक यातायतमा मास्क लगाए/नलगाएको अनुगमन गर्न ट्राफिक प्रहरीलाई जिम्‍मेवारी दिने तयारी गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्