पौडी खेल्ने क्रममा डुवेर दाजुभाइको मृत्यु



 

सैघाली खबर

दाङ १० माघ ।पातुखोलामा डुबेर एकै घरका दाजुभाईको मृत्यु भएको छ । तुलसीपुर ५ नयाँ वसपार्क नजिक पातु खोलामा डुवेर एकै घरका दुईजना बालकको मृत्यु भएको हो । १२ वर्षीय राज कुमार कुवँर र उनका १० वर्षीय भाइ कुमार कुवँरको मृत्यु भएको हो । पातुखोलकोे खाल्डोमा रहेको पानीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

नुहाउन भनि गएका बखत डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । उनीहरु सल्यान शारदा नगरपालिका वडा नम्वर ११ हिउल्चाका लाकेन्द्र बहादुर कुवरका छोराहरु रहेको डिएसपी सापकोटाले वताए । बुधवार बेलुका ५ बजेतिर उनीहरु मृत अवस्थामा फेला परेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्