समाचार

राखियो धरहराको गजुर , वैशाख ११ गते गर्ने उद्घाटन

By Saru Sunar

April 21, 2021

काठमाडौं । पुनर्निर्मित धरहरामा गजुर राख्ने काम सम्पन्न भएको छ । धरहरामा बुधबार पूजाआजासहित गजुर राखिएको हो । ३३० केजीको गजुर राखिएको नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले बताए । यो गजुरमा ९५ तोला ३ लाल सुनको जलप लगाइएको छ ।

२०७२ वैशाख १२ को भूकम्पले धराहरा क्षतिग्रस्त बनेको थियो । भत्किएको धराहरालाई संरक्षण गरेर पराम्परागत शैली झल्कने, तर आधुनिक धरहरा बनाइएको छ । धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।