टप फिचर

कामकाजलाई प्रविधिमैत्री बनाउन अर्थ समितिकाे सुझाव

By Thah Online

April 21, 2021

बैशाख ८,  काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपालमा प्रविधिको विकाससँगै कामकाज पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएको छ। सिंहदरबार बुधबार बसेको समितिले नेपालमा प्रविधिको विकास भए पनि कामकाज प्रविधिमैत्री हुन नसकेको भन्दै यसमा विषेश ध्यान दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सुझाव दिएको हो।

बैठकमा समिति सभापति कृष्णप्रसाद दाहालले हुलाक सेवालाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए। उनले आइटी इञ्जिनीयर रोजगारीका लागि विदेश जान नपर्ने गरी आगामी नीति तथा कार्यक्रम तय गर्न सरकारलाई सुझाव दिए। बैठकमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई पूरा गर्ने गरी तीव्ररूपमा काम गरिरहेको र आगामी आर्थिक बजेटमा समेत त्यसलाई प्राथमिकता दिएको जानकारी गराए।