अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो



वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए ।

नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् । उनले सञ्चार माध्यममा भेटबारे प्रतिक्रिया नदिने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्