चर्चा संगै अलपत्र परेको बखरिया पेट्रोल खानी



 

जनक नेपाली

दाङ, ११ माघ । कुनै समय उत्खननको निकै चर्चा पाएको बखरिया पेट्रोल खानी बिस्तारै सेलाउँदै गएको छ ।भारतले नेपाल माथी गरेको नाकाबन्दीका क्रममा उत्खनन्को चर्चा पाएको तुलसीपुर उपमहानगरपालिका १३ स्थित बखरियाको पेट्रोल खानी पछिल्लो चरण चर्चा समेत हुन छाडेको स्थानियले वताएका छन् ।२०२८ सालमा पत्ता लागेको पेट्रोल खानी हालम उत्खननका लागी कुनै कसैले चासो नदिएको स्थानिय हरिभक्त भण्डारीले बताउँनुभयो । २०२८ सालमा राष्ट्रिय भुगर्व विभागले बरिखयामा पेट्रोल खानी रहेको प्रमाणित गरेको भण्डारीले जानकारी दिनुभयो ।

टोलीले तुलसीपुर बजार देखि झन्डै १२ किलो मिटरको दक्षिण स्थित बबई किनारमा उक्त पेट्रोल खानी पत्ता लगाएको थियो । उत्खनन्को क्रममा पेट्रोलमा पाइने तत्व फेला बताउँदै खानीवाट निस्कको पानीले जमिन र हरियो घाँसमा खन्याउँदा घाँस डढ्ने थथ्र्यो भण्डारीले भन्नुभयो ।भुगर्व विभागका टोलीले तत्कालीन सयममा पेट्रोल खानीको उत्खनन कार्य सुरु गर्ने भने पनि हाल सम्म कनै प्रकृया अगाडी नबढेको उहाँको भण्डारीले जानकारी दिनुभयो ।

 

गाउँमा खानी भएको प्रमाणित भएपछि स्थानियहरुको सक्रियतामा अत्याधुनिक भवनहरु निर्माण गरी मेसिन समेत जडान गरिएको बताउँनुभयो ।पेट्रोल खानी उत्खनन गर्दा भारतबाट आउँने पेट्रोलिम पर्दाथमा कमी हुने भएपछि भारतकै दबाबमा खानी उत्खनन बन्द भएको अर्का स्थानिय बासिन्दा भुपाल बस्नेतले वताउँनुभयो ।३० दशक देखि उत्खननको काम अलपत्र परेको भन्दै पेट्रोल खानीको पुनः उत्खनन् गर्न माग गर्नुभयो । उक्त खानी उत्खनन गर्दा विशेष भूमिका निर्वाह गरेका बस्नेतले तत्कालिन समयमा खानी वाट पेट्रोलको ग्यास निस्किएको जानकारी दिनुभयो । उत्खनन्का लागि बस्नेतले भुमिका निर्वाह गर्नु भएको थियो ।

उत्खनन् मेसीनका प्रमुखका रुपमा भुमिका निर्वाह गरेका अर्का स्थनिय श्यामकृष्ण खड्काले त्यती बेलानै पेट्रोल उत्खननको काम सुरु हुनेमा आफुहरु पुर्ण ढुक्क भएकोे बताउनुभयो ।तर एकाएक काम रोखिएपछि आफुहरु पनि चकित भरेको उहाँको भनाई छ ।पेट्रोल खानीहरुबाट पेट्रोल उत्खनन् गर्ने हो भने दाङलाई समृद्ध बनाउन अन्य कुनै बिकल्प नै खोज्नु नपर्ने बताउँदै उत्खनमा कसैले चासो नदिएको उहाँले बताउँनुभयो । दाङको विकासको लागि खानी उत्खननले भुमिका खेल्ने वताउँदै त्यसका लागी पहल गर्न स्थानियहरुले राजनितिक दल,सरकार संग माग समेत गरेका छन । भारतीय नाका बन्दीको क्रममा उत्खननका लागि केही चासो देखाएपनि त्यसतर्फ कसैले ध्यान नदिएको सर्वसाधारणले गुनासो गरेका छन ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्