तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट नजिकै पुगेको जहाज अवतरण हुन सकेन



वैशाख ९ , तुलसीपुर ।  काठमाडौंबाट नेपाल एयरलाईन्सको जहाज विहान  ९ बजे  दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टकालागि छुट्यो । १० देखि सवा १० बजेभित्र जहाज टरिगाउँ एयरपोर्टमा अवतरण गरि सक्नु पर्ने हो । तर, जहाजले अवतरण गर्न सकेन् । जहाज अवतरण गर्न नसकेपछि यात्राहरु पनि त्रसित बने । जतिबेला जहाज अवतरण गर्नै लागेको थियो, त्यतिबेलै हावा चलेकाले जहाज अवतरण गर्न सकेन् ।

जहाज अवतरण गर्न नसकेपछि त्यहाँबाट पश्चिम दाङको पुरन्धारासम्म पुगेको थियो । सोही जहाजका यात्रु थिए, तुलसीपुर १७ निवासी शिव थापा । जहाज अवतरण गर्न नसकेकेर जंगलै जंगलमा गएपछि यात्रु सबै रुने, कराउने गरेका थियौं उनले भने हामीले एक घण्टा मृत्युकै कल्पना मै विताएका थियौं । करिब साढे २ घण्टा पछि जहाज पुनः काठमाडौं एयरपोर्टमा अवतरण गर्न सफल भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्