प्रधानमन्त्री ओलीद्वारा बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास



वैशाख ९ , काठमाडौं । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान भवन शिलान्यास गरेका हुन् । कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा ओलीले आज पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास गरिएकाे जनाइएकाे छ । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले बिहीबार ९ बजे बल्खुस्थित पार्टीको पहिले कार्यालय रहेकै ठाउँमा नयाँ भवन निर्माण कार्यकाे शिलान्यास गर्नुभएको हो ।

एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । १३ रोपनी क्षेत्रफलमा फैलिने कार्यालय देशभरका कार्यकर्ताहरुको आस्था र सम्मानको प्रतीक हुने उनले बताए । २०७२ सालमा गएको भूकम्पले बल्खुस्थित एमाले कार्यालय भवनमा क्षति पुगेको थियो । त्यसपछि एमाले कार्यालय भाडाका भवनमा चल्दैआएको छ ।

हाल मदन भण्डारीकाे सालिक रहेकाे स्थानमै सालिकलाइ भवनकाे अगाडि पार्नेगरी कार्यालय बन्नेछ । एमाले केन्द्रीय कार्यालयकाे उक्त अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको पार्टीका आर्थिक विभाग प्रमुख विष्णु रिमालले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार नयाँ बन्ने कार्यालयमा सभाहल, बैठक कक्षसहित, हरित पार्क र पर्याप्त पार्किङ सुविधासहितकाे हुने गरी डिजाइन गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्