शिक्षा

सरकारले जापान र अष्ट्रेलियासहित पाँच देशका लागि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द

By Saru Sunar

April 22, 2021

वैशाख ९,काठमाडौं ।    विश्वभर नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै सरकारले अर्को सूचना जारी नभएसम्म विभिन्न पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको छ।

शिक्षा मन्त्रालयले बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिए ।

मन्त्रालयले हिजो एक सूचना जारी गर्दै कोरोना संक्रमण र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले ती ५ देशमा तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको जनाएको छ । मन्त्रालयले ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने बताएको छ ।