त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : अन्तर्गत अन्तिम खेलमा नेपाल र मलेसिया खेल्दै



९ वैशाख, काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत लिगको चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

टियू क्रिकेट मैदानमा खेल दिउँसो १ः१५ बजे शुरु हुनेछ । नेदरल्यान्ड्ससमेत सम्मिलित प्रतियोगितामा शीर्ष दुईमा रहेर नेपाल र नेदरल्यान्ड्सले शनिबार उपाधिका लागि फाइनल खेल्ने तय भइसकेको छ । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

नेपाल सहज जितसहित शनिबारको फाइनलको तयारीमा रहने छ भने मलेसिया सान्त्वना जितको खोजीमा हुनेछ ।यो खेल जित्दा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्नेछ ।

अहिलेसम्म ३ खेलबाट ४ अंकसहित नेपाल दोस्रो स्थानमा छ भने ४ खेलबाट ५ अंकसहित नेदरल्यान्ड्स शीर्ष स्थानमा छ । प्रतियोगिताबाट बाहिरिइसकेको मलेसियाको १ अंक छ । वर्षाका कारण अवरुद्ध बुधबारको नेदरल्यान्ड्सविरुद्धको खेल भने बराबरीमा सकिएको थियो ।डकवर्थ लेविस नियमअनुसार खेल टाइ भएको थियो । बिहानैदेखि वर्षा भएका कारण मैदान चिसो छ ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्