पाटी भित्रबाटै मेरो बिरुद्दमा दुस्प्रचार गरियो : हरिबोल गजुरेल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य हरिबोल गजुरलेले आफू एमालेमा प्रवेश गर्न खोजेको भन्ने हल्ला निराधार भएको बताएका छन् ।

झिल्कोसँग कुरा गर्दै गजुरलेले यो ग्वैबल्स, झुटो, भ्रामक, कपोलकल्पित कुरो भएको बताउँदै भने, ‘यसमा हाम्रै पार्टीका साथीहरुको समेत कमजोरी रहेको छ । केही असहमति, केही फरक विचार राखेकै आधारमा पार्टी नै छाडेको भनेर आन्तरिक रुपमा समेत दुस्प्रचार गरियो । यसले पनि केही समस्या पारेको छ । यस्ता गम्भीर विषयमा हल्का, गैरजिम्मेवार रुपमा अभिव्यक्ति दिनु हुँदैन ।’

माओवादी केन्द्रबाट एमालेमा हालै प्रवेश गरेका टोपबहादुर रायमाझीले पनि हरिबोल गजुरेल छिट्टै एमालेमा आउने भन्दै अभिव्यक्ति दिएका थिए ।

चुच्चे नक्सा संसदबाट पारित गर्ने बेलामा आफू घाइते भएर अनुपस्थित भएको बेलादेखि आफ्ना विरुद्ध सुनियोजित रुपमा चौतर्फी आक्रमण भएको समेत स्मरण गराए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्