एमालेको नयाँ मुख्यालय पुगिन् बालिका खड्का ,मुख्यमन्त्री शेरधन राई भेट्न , पक्ड्यो प्रहरीले



वैशाख ९, काठमाडौँ । आफूलाई प्रेममा धोका दिएको आरोप लगाउँदै बालिका खड्काले फेरि मुख्यमन्त्री शेरधन राईलाई पार्टी कार्यालयभित्रै प्रवेश गरेर भेट्ने प्रयास गरेकी छन्।

आज बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेको नयाँ केन्द्रीय कार्यालय (थापाथली) पुगेका मुख्यमन्त्री राईलाई खड्काले भेट्ने प्रयास गरेकी हुन्।

एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालको कक्षमा बसिरहेका मुख्यमन्त्री राईलाई भेट्न भन्दै बालिका भित्र पस्ने प्रयास गरेकी थिइन्। तर उनलाई प्रहरीले बाहिर निकालेको छ। एमालेको मुख्यालय धुम्बाराहीबाट थापाथली सारिँदै छ। मुख्यमन्त्री राईले आफ्नो अस्तित्व समाप्त पारेको बालिका खड्काको आरोप छ।

यसअघि पनि बालिका मुख्यमन्त्री राई भेट्न पार्टी कार्यालय पुगेकी थिइन् भने प्रहरीले त्यसैगरी रोकेको थियो।मुख्यमन्त्री राईले हालै मात्र विवाह गरिसकेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्