‘अन्तिम’ भनिएको सत्तारुढ र राजपाबीचको बैठक बिनानिष्कर्ष टुंगियो



raaaaaaaaaaaaaaaaaaaaaaaaaaa

जेष्ठ २८, २०७४( अन्तिम भनिएको सत्तारुढ र राजपाबीचको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
सिंहदरबारमा भएको छलफल दुईपक्षीय अडानका कारण निर्णयमा पुग्न नसकेको हो । राजपाले संविधान संशोधन, जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या थप गर्नुपर्ने, चुनाव मिति सार्नुपर्नेलगायतका माग अघि सारेको छ ।

तर, सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले चुनावको मिति सार्न नसकिने प्रस्ट पार्दै बाँकी मागका विषयमा छलफल गर्दै जाने र संविधान संशोधन चुनावपछि पारित गराउने आश्वासन दिँदै राजपालाई चुनावमा भाग लिन आग्रह गरेका छन् । तर, राजपा नेताहरुले माग पूरा नभएसम्म चुनावमा नजाने अडान कसेका छन् । दुई पक्षीय शनिबारको छलफल पनि अनिर्णित बनेको थियो । राजपालाई असार १४ गतेको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन भन्दै सत्तारुढ दलहरुले प्रयास गरिरहेको छ । उसलाई चुनावमा सहभागी गराउन भन्दै संसद्बाट स्थानीय निर्वाचन एेन समेत संशोधन गरिएको छ ।

तर, राजपा आफ्ना माग सरकारले पूरा नगरेको भन्दै आज आन्दोलन घोषणा गर्ने चेतावनी पनि दिइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्