आर्थिक

तोलामा २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

By Saru Sunar

April 22, 2021

वैशाख ९ ,काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बुधबार १३ सयले बढेको सुनको मूल्य आज २ सयले प्रतितोला रु ९२ हजार २ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयँमा कायम रहेको महासंघले जनाएको छ। बुधबार चाँदी १३ सय १० रुपैयाँमा कारोबार भएको थियो।