त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिए



वैशाख ९ , काठमाडौं । करण केसीको विस्फोटक ब्याटिङको मद्दतले नेपालले त्रिदेशीय शृङ्खालामा मलेसियाबिरुद्ध २ सय १७ रनको विशाल योगफल प्रस्तुत गरेको छ । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १७ रन बनाएको हो । करणले मात्र १३ बल ७ छक्काको मद्दतले ४५ रन बनाए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो ।

यस्तै ओपनर आसिफ शेखले ३२ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ४२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २५ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा ४१ रन जोडे । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए ।

यसअघि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भए । कुशल मल्ले अविजित १९ रन जोडे । उनले १० बल खेल्दै २ छक्का प्रहार गरे । नेपालले अन्तिम ४ ओभरमा ६७ रन जोडेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्