वरिष्ठ नेता नेपाल पक्षले बुझाए अध्यक्ष ओलीलाई स्पटीकरण



वैशाख ९,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालसहित उनको समूहका पाँच जना सांसदले संसदीय दलका नेता केपी शर्मा ओलीलाई स्पष्टिकरण बुझाएका छन्। नेकपा एमालेले सोधेको स्पष्टीकरणमा वरिष्ठ नेता माधवकुमार नेपालले जवाफ फर्काउनुभएको छ । नेपालसहित बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेले बिहीबार संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाएका हुन्।

नेपाल पक्षका संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई ६ वैशाखमा एमालेले स्पष्टीकरण सोधिएको थियो । ६ गतेको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण मागेको थियो ।

माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधिएको हो।

तोकिएकै समयमा सबै सांसदले एक्लाएक्लै स्ष्टीकरण बुझाउन थालेका हुन् । स्पष्टीकरण बुझाउनुअघि नेपाल पक्षका सांसदहरूले वुद्धनगरस्थित साहाना प्रधान स्मृति प्रतिष्ठानमा सामूहिक छलफल गरेका थिए । नेपालले दिनुभएको जवाफमा स्पष्टीकरणका नाममा प्रयोग भएका शब्द, वाक्य र आरोपहरु झुठा, मर्यादाहीन, उद्दण्ड र उत्तेजक भएको उल्लेख छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्