प्रदेश समाचार

बाँकेमा थप एकजना कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु

By Saru Sunar

April 22, 2021

काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमित थप एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-१ की ६५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनु भयो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । स्वास्थ्यमा समस्या आएपछि मंगलबार उनी अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएसँगै गरिएको पीसीआर परीक्षणमा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।