त्रिकोणात्मक टी-२० सिरिज लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले हरायो



काठमाडौं करण केसीको आक्रामक ब्याटिङ अनी सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ ।

चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ ।

सोमपाल कामी, टी-२० आईमा एक सयौं खेल खेलेका सन्दीप लामिछाने र टी-२० आईमा डेब्यू गरेका कमल सिंह ऐरी २ विकेट र सुसन भारीले १ लिएको खेलमा नेपालले मेलेसियालाई १९.१ ओभरमा १ सय ४८ रनमा अलआउट गराएको थियो । मलेसियाका लागि एमिउद्दिन रामलेले सर्वाधिक ४१ रन बनाएका थिए ।

तर कप्तान ज्ञानेन्द्र मल्ल र अर्का ओपनर आसिफ शेख १२ औं ओभरमा आउट भएका थिए । ज्ञानेन्द्र ४१ र आसिफ ४२ रनमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी ५ र विनोद भण्डारी १ रनमा खेलिरहेका छन् । टस जितेको मलेसियाले नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।
नेपाल यसअघि नै फाइनल पुगिसकेको छ भने मेलेसिया सिरिजबाट बाहिरिसकेको छ । नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ३ खेलमा १ अंक छ । नेपालले यहि सिरिजको पहिलो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्