Coronavirus virus outbreak and coronaviruses influenza background as dangerous flu strain cases as a pandemic medical health risk concept with disease cells as a 3D render

मुख्य समाचार

देश भर पछिल्लो २४ घण्टामा थप २४२८ जना कोरोना संक्रमण पुष्टि, पाँचजनाको मृत्‍यु

By Saru Sunar

April 22, 2021

वैशाख ९, काठमाडौँ ।  देश भर पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । यो संगै काठमाडौं उपत्यकामा भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाडौंमा ९८७ जना संक्रमित थपिएका छन्।