तल्लोजातसंग बिवाहा गरेको कारण संगोलमा आमाको क्रिया गर्न रोकियो

५ दिन एक्लै क्रिया बसि बेवारिसे बालबालिकालाई खाना खुवाइ शुद्धिकरण गरे


थाहा अनलाइन ,काठमाडौ , हामीले भन्न त भन्ने गर्छौ जातीय विभेद र छुवाछूत कहाँ छ ? सबै हटिसक्यो भनेर तर समाजमा अझै पनि नसुनिने र बाहिर आउन नसकेका जातीय बिभेदका दु:खलाग्दा र क्रूर घटना भने घटिरहेका हुन्छन् । मर्दा वल्लोपल्लो घरमा तल्लो जात भनी मलामी नजाने देखि घाट पुर्याउदा यो हाम्रो ठाउँ हो भनी दलितहरुले परै लास जलाउनु भनी लास जलाउन नदिने घटना पनि हाम्रा लागि नौला होइनन् ।
अन्तरजातीय बिवाहाबाट यस्तै धेरै घटना सिर्जित छन् जब उपल्लो भनिने समुदायकि चेली दलितसंग बिवाहा गर्छिन उनका बाउआमाको मृत्यु हुँदा समेत उनलाई दलितसंग बिवाहा गरेको भन्दै आफ्नो परिवारमा सगै काजकिरिया गर्न समेत नदिएका घटना बेलाबेला आइरहन्छन् ।
यस्तो दुख लाग्दो घटना जहाँ तल्लोजातको केटासंग बिवाहा गरेकै कारण आफ्नो आमाको मृत्यु पछि दाजुभाइ दिदिबहिनीसग संगै परिवारमा काजकिरिया गर्न समेत पाईनन् ।

आजभन्दा १७ बर्ष अगाडि केराबारी डागीकी तुलसा थापाले मोरङ , बिराटचोकका कुमार मिझारसग प्रेम बिवाहा गरिन , परिवार र समाजबाट बन्चित अन्तरजातीय प्रेम र बिवाहा त्यति सजिलो थिएन उतिबेला ज्यानै जानसक्ने खतरा थियोे तर तुलसाको कुमार प्रतिको चोखो र साचो मायालाइ परिवार र समाजको जात रुपि काडे बारले छेक्न सकेन ।

बिवाहा पछि केही बर्ष अस्विकार गरे पनि पछि बिस्तारै परिवारले बुझ्न थाल्यो पछिल्ला दिनमा आइजाइ समेत हुन थाल्यो ” कुमार भन्छन् केही बर्ष यता वहाँहरु बुझ्दै जानुभएको थियोे चाडपर्वमा जाने गरिन्थ्यो तर सासु यहि चैतको २९ गते बित्नु भयो वहाँको उपचारमा हामीले सहयोग गरेउ र हेरबिचार पनि गरियो तर दाहसंस्कार पछि परिवारमा छलफल भए छ कि मेरो श्रीमतीलाई काजकिरियामा ल्याउने या नल्याएको भन्ने बिषयमा पछि दिदिले नै तुलसालाइ यहाँ ल्याए म संगोलमा काजकिरिया गर्दिन म छुट्टै बस्छु आफ्नै घरमा भने पछि तुलसा बिबाद बढाइ जान चाहिनन् ठिक छ म तल्लो जातको केटासग बिवाहा गर्दा आमाको काजकिरियामा म गए पछि अरु सामेल नहुनी हो भनि म किन जानू भनी आफ्नै घरमा ५ दिन शुद्ध बसि आमाको १२ औं दिनमा इटहरीको मायाघरमा राखिएका १०५ जना बेवारिसे बालबालिकालाई खाना खुवाएर आमाको नामा खुवाइ सुदृढीकरण गरेको बताए ।

कुमारले केही तस्बिर सामाजिक संजालमा पोस्ट गर्दै लेखेका छन् :
दूध र चामलबाट बनाएको पिण्ड र गाई ब्रामणलाई दान गर्नु भन्दा यी बेवारिसे बच्चालाई खुवाउदा धर्म मिल्छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्