प्रदेश समाचार

तलकाेटमा स्थानीय सचेतना गाेष्टी सम्पन्न

By Saru Sunar

April 22, 2021

उत्तमकुमार थापा बझाङ

तलकाेट गाउँपालीकामा स्थानीय स्तरीय सचेतना गाेष्ठी सम्पन्न भएको छ ।

जिल्ला तलकाेट गाउँपालीकामा रहेको स्थानीय जनगणनाले अाज गाउँपालीकामा एक दिने सचेतना गाेष्ठी सञ्चालन गरेको हाे । जनगणना २०७८ लाई प्रभावकारी बनाउन स्थानीय स्तरमा गाेष्ठी सञ्चालन गर्दै अाउनुभएकाे छ ।

गाउँपालीकामा सञ्चालन भएको गाेष्ठी जिल्ला जनगणना अधिकारी दिपेन्द्र धामीकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि तलकाेट गाउँपालीका अध्यक्ष लालबहादुर बिष्ट रहनुभएकाे थियाे, भने अतिथिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्वराज भण्डारी लगाएत सबै वडाका वडा अध्यक्षहरु विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि नागरिक समाज रहनुभएकाे थियाे ।

कार्यक्रममा स्थानीय जनगणना अधिकारी नन्दराज जाेशीले स्वागत मन्तव्य राख्नुभएको थियाे भने,जिल्ला जनगणना अधिकारी धामीले जनगणना सम्वन्धि जानकारी गर्नुभएको हाे । कार्यक्रममा बाेल्दै धामीले भने वडा स्तर देखि गाउँपालीका स्तरमा सुचारु गरिएको कार्यक्रम निकै प्रभावकारी हुने दावी गरिएको छ । गाेष्ठीमा बाेल्दै गाउँपालीका अध्यक्ष बिष्टले भने सबै वडा अध्यक्ष देखि कर्मचारीहरुले नित्तान्त काममा लागेर सहयाेग गर्न अनुराेध गर्नुभएको थियाे भने, जनगणना जिल्लाका खरिदार दिपक बम्मले कार्यक्रम सञ्चालन गर्नुभएको हाे ।