असई बुढाथोकीको नेपाली प्रहरी बोलको गीत सार्वजनिक



सैघाली खबर
दाङ,११ माघ

नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक असई भुपेन्द्र बुढाथोकीले हामी नेपाल प्रहरी बोलको प्रहरी गीत बजारमा ल्याएका छन्। जनताको सेवक प्रहरीको सुख दुखका भाव समेटिएको उक्त गीतको म्युजिक भिडियो सोमबार युटुब मार्फत सार्वजनिक गरिएको छ ।
दाङका बुढाथोकीको शब्द रहेको उक्त गीतमा अहिलेको चर्चित गायक राजेश पायल राईले स्वर दिएका छन्।्भने सन्तोष रजौरेको सङ्गीत रहेको उक्त गीतको एरेञ्जर योगेश काजीले गरेका छन्।

जनताको सेवक नेपाल प्रहरीका दुखपीडाका कथाहरु गीत मार्फत व्यक्त गर्न खोजिएको गीतका लेखक बुढाथोकीले बताएका छन् । गीतको म्युजिक भिडियोको निर्देशन रमेश बिक रसाईलीले गरेका छन् भने अभिनय भुपेन्द्र बुढाथोकीले गरेका छन् । शिव फोरएस मिडियाले निर्माण गरेको उक्त गीतको भिडियो शम्भु चालिसेले छायांकन गरेका हुन भने रबिन बिकले सम्पादन गरेका छन् ।

भिडियोका लागी यहाँ क्लि गर्नुहोस ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्