सैघाली खबर
काठमाडौं,११ माघ
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज थप छलफल गर्दैछ । त्यसको तयारी, आचार संहिताका विषयमा आज आयोगले छलफल गर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले भोलिदेखि आचार संहिता लागु गर्नेछ ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता ढकालका अनुसार निर्वाचन आचारसंहिता विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ ।
आचारसंहिता नेपाल सरकार र नेपाल सरकारको मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी लाई लागू हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।