सेनामा चार जना महासेनानीलाई सहायकरथीमा बढुवा



सैघाली खबर
दाङ,११ माघ

सरकारले नेपाली सेनाका चार जना महासेनानीलाई सहायकरथीमा बढुवा गरेको छ।मन्त्रिपरिषदको बुधवार बसेको बैठकले सैनिक मुख्यालयको सिफारीसमा सेनाका चार जना महासेनानीलाई सहायकरथीमा बढुवा गरेको हो ।

सरकारले महासेनानीहरु विनयविक्रम राणा,मिनध्वज खड्का,बावुराम श्रेष्ठ र सुरजबावा सुनुवारलाई सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएका राणा हाल चीनमा र श्रेष्ठ पाकिस्तानमा एनडिसी तालिम गर्दैछन् । बढुवामा परेका चारै जना २६ बेसिकका सैनिक अधिकृत हुन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्