लाभको पद अपेक्षा गर्देन देबकोटा



सैघाली खबर
दाङ,११ माघ । राष्ट्रियसभा सदस्यका उम्मेदवार अनिता देवकोटाले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने वताउँनु भएको छ । सैघाली खबर संगकुरा गर्दै देवकोटाले यस्तो बताउँनु भएको हो । देबकोटाले अहिले नै कुनै लाभको पदको अपेक्षा नगरेको भन्दै यदि सरकारमा जाने अबस्था आए पार्टीले दिएको जिम्मेवारी बहन गर्ने उल्लेख गर्नु भयो । कांग्रेसका महासमिति सदस्य समेत रहनु भएका देबकोटाले पार्टीले जिम्मेवारी दिए मन्त्री पद सम्हाल्ने समेत तयार हुने बताउँनुभयो ।

महिलालाई राष्ट्रिय नेत्रित्वमा पु¥र्याउनका लागि भुमिका खेल्दै आएको वताउँदै अब हरेक पार्टी भित्रै संघर्ष गर्नु पर्ने बताउँनुभयो । पार्टी भित्र महिलालाई हेर्ने दृष्टीकोण फरक रहेको वताउँदै महिलाने पनि काम गर्न सक्छन् भन्ने देखाउँनका लागि काम गर्नु पर्ने उल्लेख गर्नुभयो । निती निर्माणकोे तहमा आफु पुगेको वताउँदै महिलाहरुको अधिकार स्थापित गर्नका लागि काम गर्ने बताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्