आँखा किन सुख्खा हुन्छ, आखालाई कसरी बचाउने त यस्तो छ उपायहरु



सैघाली खबर,कम्प्युटर, ल्यापटप, मोवाइलको स्किनमा धेरै समय हेरिन्छ । यसको सोझो प्रभाव आँखामा पर्छ । यस्ता आधुनिक उपकरणको बढ्दो प्रयोगले आँखाको ज्योति नष्ट गरिरहेको छ । वायु प्रदूषणले पनि आँखामा क्षति पुर्‍याउँछ ।

यावत् कारणले धेरैको आँखा कमजोर हुँदैछ । खासगरी आँखा सुख्खा हुने समस्या आम रुपमा बढ्दै गएको पाइन्छ । यसरी आँखा सुख्खा हुनुलाई ‘ड्राई आई सिन्ड्रोम’ भनिन्छ । आँखा सुख्खा भएमा आँखाबाट आशुको उत्पादन कम हुने तथा आँखाबाट आशु बग्न कम हुने गर्दछ ।कसरी थाहा पाउने रु

(आँखा सुख्खा हुनु

(आँखामा खुजली हुनु, चिलाउनु

(आँखामा केही विझेको महसुस हुनु

(बिना कारण आँखाबाट पानी निस्कनु

(बिना कारण आँखामा थकान वा सूजन महसुस हुनु
आँखा सानो हुनु

किन हुन्छ सुख्खा

आयु ५० वर्ष भन्दा माथि हुनु

उमेर बढेसँगै आँखाको समस्या पनि बढ्ने गर्छ । बढ्दो उमेरकै कारण आसुको उत्पादनमा समेत कमी आउने गर्छ । विशेषगरी , ५० वर्ष माथि आयु भएका मानिसहरुको आँखाबाट आशुको उत्पादन कम हुने गर्छ । जसका कारण आँखा सुख्खा हुने गर्छ ।

रजोनिवृतोत्तर

महिलाहरुमा महिनावारी रोकिएसँगै आँखा सम्बन्धि विभिन्न समस्या देखा पर्ने गर्दछ । जसमध्ये आँखा सुख्खा हुने समस्या पनि एक हो । महिनावारी सुकेपश्चात्त महिलाहरुमा आउने हर्मोनल गडबडीका कारण पनि यस्तो समस्या देखिने गर्छ ।

स्वास्थ्य सम्बन्धि समस्या

मधुमेह, उच्च रक्तचाप, थाइराइड ,भिटामिन ‘ए’को कमी लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न समस्याका कारण पनि आँखा सुख्खा हुने गर्छ ।

लेजर विधिका कारण

रिफरेक्टिभ आई सर्जरी लगायतका लेजर प्रविधिद्धारा आँखामा गरिने शल्यक्रियाका कारण पनि आँखा सुख्खा हुने समस्या उत्पन्न हुने गर्छ । तर यस्ता प्रविधिका कारण आँखा सुख्खा हुने समस्या भने अस्थायी हुने गर्छ ।

आशु ग्रन्थीमा क्षति भएमा

सुजन तथा विकिरणका आसु नलीमा पुगेको क्षतिका कारण पनि आखा सुख्खा हुने गर्छ । जसले गर्दा उक्त नलीबाट आशु स्वत कम बग्ने गर्छ ।

परेला सम्बन्धि समस्या

लगातार आँखा झिम्क्याउने गर्नाले आँखाको सतहमा आसुको पातलो सतह बन्ने गर्दछ । तर यदी आँखा झिम्क्याउँदा वा परेला झिम्क्याउदा कुनै समस्या भएको खण्डमा आसु फैलिएर उक्त सतहमा आसुको पातलो सतह बनाउन सक्दैन ।जसका कारण आँखा सुख्खा हुने गर्दछ ।

तिब्र हावा

सुख्खा हावा

लामो समयसम्म किताब पढेमा

कम्प्यूटरमा लामो समयसम्म बसेमा

आँखा नझिम्काई लामो समयमा एक नाशले हेरमा

यी औषधीका कारण पनि हुनसक्छ आखा सुख्खा

(उच्च रक्तचापमा प्रयोग हुने औषधी

(एन्टीथिस्टमाइंस तथा डोगेस्टंट्स

(हर्मोन रिप्लेसमेन्ट थेरापी

(पिम्पल्सको लागि प्रयोग गरिने औषधी

बच्ने उपाय

आँखामा कुनै समस्या होस् वा नहोस् चिकित्सकहरु समय समयमा आँखा जाच गर्न सुझाव दिने गर्दछन् । त्यस्तै, टिबी हेर्दा होस् वा कम्प्यूटर चलाउदा केही समय आखाालाई आराम दिने गर्नाले पनि आखा सुख्खा हुन पाउँदैन । यस्तै, कामको बीच बीचमा परेला झिमझिम गरेमा वा आखा झिम्क्याउनाले पनि आँखा सुख्खा हुने समस्याबाट आँखालाई बचाउँन सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्