जेठ ३१ गते श्रमजीवी पत्रकार प्रदेशस्तरिय अन्तरक्रिया कार्यकम हुने



mahasgha

दाङ जेठ २८
श्रीमजीवी पत्रकार ऐन सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम दाङमा हुने भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ दाङको संयोजकनमा यही जेठ ३१ गते घोराहीमा कार्यक्रम हुन लागि रहेको हो । प्रदेश नम्वर ५ मा हाल न्यूनतम पारिश्रमिकको अवस्था के छ रु के गर्दा श्रीमजीवी पत्रकार ऐन लागू हुनसक्छलगायतका विषयमा बृहत् छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो । प्रदेश नम्वर ५ का पत्रकारहरुको सहभागिता हुने कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायतको सहभागिता हुनेछ । आयोजक जिल्लाका हिसाबले कार्यक्रममा दाङका सबै सञ्चारसँगठन, सञ्चार माध्यम र क्रियाशिल पत्रकारहरुको सहभागिता गराईने पत्रकार महासंघले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्