तुलसीपुरमा सञ्चालन हुँने भनेको मेला स्थगित ( यस्तो सहमती भयो )



दिपक बोहरा
तुलसीपुर, ११ माघ ।

बहिरा बालबालिकाका लागि तुलसीपुरमा सञ्चालन हुने भनेको महोत्सब स्थगित गरिएको छ । बिहिबार तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको अध्यक्षताम बसेको सरोकारवालाहरुको बैठले राप्ती बहिरा संघले लगाउन लागेको महोत्बस स्थगित गर्ने निर्णय गरेको हो ।

माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भनेको कृषि, व्यापारिक तथा पर्यटन महोत्सब स्थागित गरिएको हो । राप्ती बहिरा संघले पालन, पोषण तथा शिक्षादिक्षा गरिरहेका बालबालिकाहरुलका लागि आबश्यक छात्राबास निर्माण गरिदिने, महोत्सब सञ्चालनको तयारीका लागि अहिले सम्म भएको खर्च व्यबस्थापन गरिदिनेलगायतका सहमति भएपछि मेला स्थगित गर्ने निर्णय गरिएको हो । महोत्सव सञ्चालनको बिरुद्ध तुलसीपुर उद्योग बाणिज्य संघले आवाज उठाउँदै आएको थियो ।

बैठकमा तुलसीपुर उपमहानगरपालिकाका मेयर पाण्डे, उपमेयर माया आचार्य, बहिरा संघका निर्देशक प्रतिमा शर्मा, ईलाका प्रशासन कार्यालय तुलसीपुरका धन बहादुर केसी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटा, संघीय प्रहरी ईकाई कार्यालय तुलसीपुरका प्रेम बहादुर बस्नेत, शसस्त्र प्रहरी वेशका जगदिश जोशी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावतलगायत बिभिन्न राजनीतिक दल तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्