टप फिचर

कविता: मामा भान्जाको लीला

By Thaha - Online

April 26, 2021

🌹🌹”मामा भान्जाको लीला”🌹🌹

सबैको जनको जन्म दिन र गाठ वर्षहरु मनाउने। कोरोनाको जन्म दिनमा चुच्चे नक्साको केक कहिले बनाउने?

कोभिड उन्नाइस हो है भन्थे त पहिले हाम्रा बाले। अहिले त तीन वर्षको नै भैसक्यो भन्न पो थाले।।

अर्थतन्त्र ठूलो कि जनताको जीवन नै हो त ठूलो। के हो भनि पत्ता लगाउन खोदैछन् रे आलेले दुलो।।

सरकार मामा कोरोना हो कि क्या हो रे भन्छन् भान्जा! दुबैको डिएनए पो मिल्छ रे तब भएछन् मामा भान्जा।।

सबैले भन्थे चाइना हो रे धेरै ठूलो सदस्य भएको पार्टी। त्यो भन्दा धेर त कोरोनाको सदस्य भैसक्यो रे है साथी।।

गाउँ शहर देखि आर्यघाट सम्म सदस्य रहेछ्न साथी। अब त यसले पो विजय हासिल गर्ला जस्तो छ मानव माथि।।

सरकार भन्छ लगाउछु अब त म फेरि दोस्रो लकडाउन। कोरोना भन्छ यही हो मौका मामाले कमाएर खाउन।।

भान्जा भन्छन् बजेट जति गयो रे त है सब यति र उतिमा। लकडाउन लगाउन दिने कि नदिने भरपर्छ है जनताको हुतिमा।।

बिश्व स्वास्थ संघसंगठनमा भयो रे कोरोनाको दर्ता दल। सबै जन त्यसैमा प्रवेश गर्न हुदै छ रे त छ्लफल!

ठ्याक्कै अब यस्तो हुन्छ भनि मिलाउछ डब्लुएचओ भन्ने ज्योतिषी। सरसरती कुरा बुझ्नुपर्छ अब त हामीले यति भने पछि ।।

दुई थरी कोरोना पो छ भन्छन् त है कोरोना भान्जा। त्यो दिमागी कोरोनाको त औषधि छैन रे पो भन्छन् त।।

भान्जाको पार्टीले जितेपछि समानतावाद आउँछ रे! एकएक टुक्रा घडेरी सबले आर्यघाटमा पाउछ रे!

जग्गा टुक्राटुक्रा पार्ने जिम्मा पाए रे त अब फेरि बिष्णुले। यस्तै चाल हो भने मामा पुग्दैनन् रे स्वर्ग बनाएर लिस्नोले।।

भान्जाको पनि त आफ्नै छ रे त हजुर चुनाव चिन्न। भन्छन् भान्जा किन हो अब त मामालाई पक्कै जित्न दिन्न।।

दिमागी कोरोनाको औषधि निकाल्दै छन् रे त पालेर सापको विष। भन्छन् एकछाक मासुभातमा दिन्छन् मत नराखेर इख।।

सुनिदैछ अर्थतन्त्र भन्दा हैन रे जनताको जीउधन ठूलो! यस्तै चाल हो भने मामाले बस्नुपर्ने हुन्छ बङ्करमा नबनाएर दुलो।

🌹🌹धन्यवाद।🌹🌹