सैघाली खबर
दाङ,११ माघ ।नेपाल पत्रकार महासंघ दाङमा स्थापना गरिएको नदीन स्मृति पत्रकारीता पुरस्कार पत्रकार नारायण खड्कालाई प्रदान गरिने भएको छ । महासंघको प्रतिभा छनोट समितिले घोराही १७ चौघेरा निवासी दामोदर सुबेदी र रमा सुबेदीले महासंघमा स्थापना गर्नुभएको सो पुरस्कार पत्रकार खड्कालाई दिने निर्णय गरेको हो । पत्रकार खड्का रेडियो सञ्जीवनी, सेतोपाटी अनलाई, तुलसीपुर अनलाईन लगायत सञ्चार माध्यममा आवद्ध छन् । पुरस्कारको राशी पाँच हजार रुपैयाँ रहेको छ ।
सो पुरस्कार शुक्रबार विहान ८ बजे महासंघमा एक कार्यक्रम गरी प्रदान गरिने सचिव भुपेन्द्र वलीले जानकारी दिएका छन् । कार्यक्रममा सहभागी हुन महासंघले पुर्वअध्यक्ष एवं सल्लाहकार, कार्यसमितिका पदाधिकारी, केन्द्रीय र प्रदेश सभासद लगायतलाई आग्रह गरेको छ ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।