संसदमा महिलाका आवाज उठाउँछौ महिला नेतृ



सैघाली खबर

दाङ ११ माघ । राष्ट्रिय सभा सदस्यका उम्मेदवार अनिता देबकोटाले महिलाका संसदमा महिलाहरुको आवाज उठाउँने वताउँनु भएको छ । मिडिया मञ्च नेपालको आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउँनु भएको हो ।पार्टीले आफुलाई जिम्मेवारी थपेको वताउँदै जनताको पक्षमा आफु निरन्तर लाग्ने वताउनुभयो ।
आर्थिक समृद्धिको वाटो पहिल्याउनु नै अबको मुख्य विकल्प भएको बताउँदै महिलाका साझा मुद्धाहरुलाई विशेषरुपमा लैजान आग्रह गर्नुभयो ।नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मदवार मिना बुढाले पार्टीले महिलाका पक्षमा कानुन निर्माण देखी गर्ने बताउँनुभयो । राष्ट्रिय बहसका मुद्वाहरुमा जिम्मेवार भएर भुमिका निर्वाह गर्ने बताउँनु भयो । मञ्चका अध्यक्ष आजाद खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार सपना वोहोराले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्