सैघाली खबर
दाङ ,११ माघ । कृषि ब्यवसाय एवं पर्यटनमा प्रोत्साहनःदीगो अर्थतन्त्रका लागि अमूल्य योगदान’मूल नाराका साथ हुने ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ सुरु हुने भएको छ ।नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा भोली १२ गतेदेखि २३ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजक बताउँनुभयो । महोत्सबको प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवका लागि मञ्च निर्माण, बालउद्यान निर्माण, स्टल निर्माण, स्वागत गेट निर्माण सँगै सम्पूर्ण पूर्वाधार निर्माण भईसकेको उहाँले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रम हुनु पूर्व नारायणपुरमा शोभायात्रा गरिने शोभायात्रा उपसमितिका संयोजक अनिल बस्नेतले जानकारी दिनुभयो । ईप्रका नारायणपुरदेखी माथिल्लो खुला ठाँउमा जम्मा भएर शोभायात्रा सुरु हुने यात्राले बजारको परिक्रमा गर्ने बस्नेतले बताउनुभयो ।२ सय ३० स्टल रहेको महोत्सवमा कृषि, पर्यटन एवं व्यपारीक स्टलहरु रहने छन् ।
करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महासचिव दिपक सुवेदीे जानकारी दिनुभयो ।महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको प्रर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुती, एसियाकै सबैभन्दा होची महिला हेर्न पाईने संघका महासचिव दिपक सुवेदीले जानकारी दिनुभयो ।
महोत्सवको सिसी क्यामराबाट निगरानी गरिने
महोत्सवको सिसी क्यामराबाट निगरानी गरिने भएको छ । महोत्सवमा हुने हरेक स्टल एवं स्थलको क्यामराबाट निगरानी गरिने भएको छ । महोत्स्व स्थानका विभिन्न स्थानमा २५ वटा सिसी क्यामरा लाग्ने र त्यसको सचिवालयबाट अवलोकन गरिने उद्योग वाणिज्य संघले जाजकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।