सैघाली खबर
दाङ, ११ माघ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी दाङको जिल्ला सम्मेलन आयोजक समिति संयोजकमा जंग रोका चयन हुनुभएको छ ।
घोराहीमा सम्पन्न जिल्ला समितिको बैठकबाट उहाँ संयोजकमा चयन हुनुभएको हो ।
समितिको सहसंयोजकमा सुवास बस्नेत चयन हुनुभएको छ ।
बैठकले चैत २३ र २४ गते घोराहीमा २२ औं जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसका लाग १ सय ७१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको संगठनका प्रचार विभाग प्रमुख गिरबहादुर महराले जानकारी दिनुभयो ।
जिल्ला इञ्चार्ज सन्तोष पोख्रेलको अध्यक्षता एवं केन्द्रीय सचिव तथा पाँच नम्बर प्रदेश संयोजक नारायण खनालको प्रमुख र माओवादी केन्द्र दाङका सहइञ्चार्ज एवं विद्यार्थी फ्याक्सन इञ्चार्ज हेमराज शर्मा ‘डायमण्ड’को बिशिष्ठ आतिथ्यमा भएको बैठकमा केन्द्रीय सदस्यहरु गोपाल घर्ती र दुर्गा बिकको पनि उपस्थिति रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।