प्रदेश समाचार

दुर्गाथली गाउँपालीका वडा नम्बर ५ सैन गाउँमा नमुना तरकारी खेतिले मनग्य आम्दानी

By Saru Sunar

April 27, 2021

उत्तमकुमार थापा बझाङ

दुर्गाथली गाउँपालीका वडा नम्बर ५ सैन गाउँमा नमुना तरकारी खेति रहेको छ । जिल्लाकाे दुर्गाथली गाउँपालीकाकाे वडा नम्बर पाँच सैन गाउँमा नमुना कृषि गाउँ कृषक समन्वय समितिले तरकारी खेतिबाट मनग्य आम्दानी गरेका छन । सुदुरपश्चिम प्रदेश सरकार मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपक्षि विकास कार्यक्रम अन्तरगत तरकारी नमुना गाउँ विस्तार कार्यक्रम लागु भएकाे हाे ।

गाउँपालीकाकाे वडा नम्बर पाँच सैनमा कृषि ज्ञानकेन्द्र बझाङकाे ( पचास लाख ) लगानीमा टर्नेल निमार्ण सहित तरकारी खेती फलाईएकाे पाईन्छ । गाउँघरमा पछिल्लो समय तरकारी खेति निकै अगाडि बढिरहेको पाईन्छ । नमुना गाउँ सञ्चालक समितिले अहिले विभिन्न ठाउँमा बाट सहयाेग पाएपछि तरकारी खेतितिर महिला लागिपरेको कृषि ज्ञान केन्द्र बझाङका सहजकर्ता सन्तोष दाैल्यालकाे भनाइ छ । अहिले गाउँमा ७० वटा टर्नेलहरु राखिएका छन । जसमा ४५ वटा बासको टर्नेल २५ वटा फलामे टर्नेल रहेका छन । सबै टर्नेल भित्र टामेटर गाेलभेडा ,खुर्सानी लगाएतका तरकारी देख्न पाईन्छ ।

पछिल्लो समय सैनगाउँका महिलाहरु तरकारी खेति तिर आक्रसक हुन थालेपछि कृषि ज्ञान केन्द्र बझाङले पनि निकै चासाे देखाएकाे छ । नमुना गाउँ सञ्चालक समितिका अध्यक्ष माया देवि जप्रेल भन्नू हुन्छ । हामी महिलाहरु पहिलाका दिनहरुमा घाँस दाउरा बनपाखामा जानेकाममा बेस्त भएको बताउदै अहिले महिला दिदीबहिनीहरुले केही गर्न सक्ने जनचेतना जागेको भन्दै तरकारी खेतिलाई अगाडि बढाएकाे उनकाे भनाइ छ । जप्रेलले भने अहिले आफुले वार्षिक करिव एक लाख कमाउने गरेकाे बताए भने त्यस्तै अहिले आफुले आलु खेती प्याज खेति टामेटरबाट मनग्य आम्दानि हुने गरेको छाेराछाेरी पढाउन लेखाउन यसै तरकारी खेतीले सहयाेग गरेको जुना जप्रेलकाे भनाइ छ । अहिले कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्ट जिल्लामा आएपछि कृषि सम्वन्धि निकै राम्रो भएको सत्य राेकायाकाे भनाइ छ ।

दुर्गाथली पाचका महिलाहरु पछिल्लो समय कृषि पेशा गर्दै तरकारी खेति तिर लागेपछि वार्षिक पत्यक परिवारले तल्लो २० देखि ३० हजार कमाउने गरेकाे उहाको भनाइ छ । महिलाहरु भन्छन अझै सहयाेगकाे अपेक्षा गरेका छन विभिन्न निकायले तालिम दिएकाे छ । यस तरकारी खेतिलाई अगाडि बढाउदै गित अध्यक्ष मार्फत माया जप्रेलले भने ताजा खानु स्वच्छ रनु लगाउनु तरकारी,जस्ता गितहरु राख्नु भएको हाे भने अहिले याे कार्यक्रम लागू भए पछि गाउँघरका दिदीबहिनीहरु निकै खुसि देखिएका छन ।