तुलसीपुुर महोत्सव स्थगित



सैघाली खबर

दाङ ,माघ ११ । तुलसीपुरमा राप्ती बहिरा संघले लगाउने भनेको व्यापारिक तथा कृषि महोत्सव सर्वसहमतिमा स्थगित गरिएको छ ।तुलसीपुर उपमहानगरपालिकामा भएको सर्वदलिय वैठकले यस्तो निर्णय गरेको हो ।उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा वसेको वैठकले बहिरा संघको छात्रावास निर्माणका लागि यसै आर्थिक वर्षबाट काम आरम्भ गर्ने सहमति गरेपछि महोत्सव स्थगित गरिएको हो ।

तुलसीपुर उद्योग वाणिज्य संघ, राप्ती बहिरा संघ, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय लगायतको सहभागितामा भएको वैठकमा तुलसीपुर क्षेत्रमा सञ्चालन हुने व्यापार मेलाका सन्दर्भमा आवश्यक कार्यविधि निर्माण गर्ने समेत निर्णय गरिएको छ । ‘महोत्सवका नाममा विकृतिका साथै ठूलो धनराशी गैरकानुनी रुपमा वाहिर समेत जाने भएकाले हामीले कार्यविधि निर्माण गर्न लागेका हो ’ नगरप्रमुख पाण्डेले वताए ।

यसैगरी वैठकले राप्ती वहिरा संघले मेला आयोजनाका लागि खर्च गरेको रकम सवैको पहलमा तिरिदिने र पेश्की वाफतको रकम फिर्ता माग्नका लागि पनि पहल गर्ने निर्णय गरेको छ ।तुलसीपुरमा विभिन्न खाले वालवालिकाको अवस्था सुधार गर्नका लागि सवैको पहलमा बाल हितकोषको समेत व्यवस्था गर्ने निर्णय गरिएको प्रेस सल्लाहकार वसन्त विवश आचार्यले वताउँनु ।

बहिरा वालवालिकाका लागि छात्रावास निर्माण गर्न महोत्सवको आयोजना गरिएकोमा तुलसीपुरका व्यवसायीहरुले त्यसको विरोध गर्दै आएका थिए । ‘हामी छात्रावास निर्माणमा लागि सकारात्मक छौ , व्यवसायीलाई मार्ने काम नगरौ’ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्