सैघाली खबर
काठमाण्डौ, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले यो सरकारले गरेका सबै निर्णयहरू पुनर्विचार गर्ने बताएका छन्।
बिहिबार आकस्मिक पत्रकार सम्मेलन गरेका ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू पुनर्विचार गर्ने बताएका हुन्।
‘हामी हाल अनुचित मनशाय र अभ्यासका कारण मात्र कायम रहेको नितान्त कामचलाउ सरकारलाई यस्ता अनुचित र अनैतिक गतिविधिहरू तत्काल बन्द गर्न सचेत गराउँछौ। र राष्ट्रलाई दीर्घकालीन हानी पुर्याउने यस्ता विषयमा सहभागी नहुन सम्बन्धीत सबैलाई ध्यानाकर्षण गराउछौ।
नयाँ सरकारले यस वीचमा भएका सबै नसिर्णयमाथि पुनर्विचार गर्ने र संविधान, कानुन र राष्ट्रको हित बिपरित भएका सबै निर्णयलाई अस्वीकार गर्ने कुरा समेत स्पष्ट पार्न चाहन्छौ,’ ओलीले भने।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।