सैघाली खबर
काठमाण्डौ, ११ माघ । बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका नेपाली सेनाका मेजर प्रभवविक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । उनी बागलुङको २३ नम्बर बाहिनीमा कार्यरत् थिए ।
काठमाडौं जिल्ला अदालतले बिहीबार दिएको आदेश अनुरुप उनलाई बिहीबार जेल चलान गरिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरी नायब उपरीक्षक ९डिएसपी० रवि पौडेलले अनलाइनखबरलाई बताए ।
गत १४ पुसमा बुद्धनगरस्थित आफन्तको घरमा १४ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो ।
शाहबिरुद्ध जबरजस्तीकरणी मुद्दा अन्तरगत बाल यौन दुराचार सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।