Banner Second

प्राधिकरणको सिफारिस, हवाई यात्रुका लागि साझा बस चलाउन

By Saru Sunar

April 28, 2021

वैशाख १५ ,काठमाडौँ । काठमाडौं उपत्यकामा वैशाख १६ देखि  लागू हुने निषेधाज्ञामा हवाई सेवा भने जारी रहने भएको छ। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान जारी राख्ने निर्णय गरेको छ ।

प्राधिकरणले यात्रुका लागि साझा यातायातका बसहरू उक्त समयमा सञ्चालन गर्ने व्यवस्था गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष सिफारिस गरिएको महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

निषेधाज्ञामा सार्वजनिक यातायात नचल्दा हवाई यातायात मात्र चलाउन कठिन हुने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले थप निर्णय गरेको छ। आन्तरिक हवाई यात्रुका सवालमा टिकट र परिचयपत्रका आधारमा आउजाउको सुविधा दिन पनि प्राधिकरणले सिफारिस गरेको छ।

मन्त्रालयले सिफारिसअनुसारको निर्णय गरेमा साझाका बसबाट यात्रुहरू गन्तव्यमा पुग्नेछन्। त्यस्तै, एयरलाइन्सका लागि पनि सवारी सञ्चालनको अनुमति दिइने छ।