पर्वतको जनकल्याण प्राथमिक विद्यालयको चौथो वार्षिक उत्सव कार्यक्रम सम्पन्न



अमृत भट्टराई
विहादी , पर्वत ।
पर्वतको विहादी गाउँपालिका वडा नम्बर १ बाच्छामा रहेको जनकल्याण प्राथमिक विद्यालयको चौथो वार्षिक उत्सव एक कार्यक्रमका बीच सोमबार सम्पन्न भएको छ । उक्त कार्यक्रमका युवा प्रमुख अतिथि युवा नेता परवीन गुरुङले कार्यक्रममा बोल्दै विहादीको शिक्षामा स्थानीय सरकारको लापरवाही भएको बताए । निजी विद्यालय सँग प्रतिस्पर्धा गर्न नसक्नु , सामुदायिक विद्यालयलाई स्थानीय सरकारले महत्व नदिनु यसको मुख्य कारण सामुदायिक विद्यालयमा पठनपाठनमा गुणस्तरीय नरहेको बताए।

सुधार गर्नेको लागि सामुदायिक विद्यालयलाई रुपान्तरण गर्ने आवश्यक रहेको देख्छु रुपान्तरण कसरी आवश्यक छ भने दृष्यन्त योग्य ढंगले , गुणात्मक र प्रविधिक योग्य ढंगले अगाडि बढाउदै सामुदायिक विद्यालयलाई आवश्यक नमुना बनाउनको लागि शैक्षिक अन्तरवस्तुको दृष्टिकोणले , शैक्षिक गुणस्तरको दृष्टिकोणले शिक्षा अगाडि बनाउन सकिन्छ यसका लागि सुविधा सम्पन्न भौतिक पुर्वाधार हुनु निकै आवश्यक पर्ने यसका लागि नेतृत्व राम्रो हुनुपर्ने बताए । नेतृत्वमा विद्यालयका प्रधानअध्यापक , विद्यालयमा विद्यार्थीलाई शिक्षा दिने शिक्षक र विद्यालयलाई कसरी सञ्चालन गर्ने राम्रो शिक्षाका लागि के गर्ने भने भुमिका विद्यालय व्यवस्थापन समितिको रहने बताए।

विहादीको शिक्षा परिवर्तन नहुने र यसका लागि पनि शीप सम्पन्न गराउनका लागि शिक्षालाइ श्रम सँग जोडने, श्रमलाई सीपसँग र सीपलाई उत्पादन सँग र उत्पादन समृद्धि सँग जोडेमा मात्र विहादीलाई शिक्षित र विहादीलाई साक्षरता बनाउदै पर्वत जिल्ला र पुरै नेपालीलाई साक्षरता बनाउने सम्भावना देखेको बताए । उनले शिक्षक नियुक्तीमा राजनीति नाताबाद कृपावाद चलखेल भइरहेको नी पाइएको बताए।

विहादी मा नेपाली काँग्रेसको स्थानीय सरकार भनेपछि भौतिक पुर्वाधार नभएका विद्यालयमा सुविधा सम्पन्न विद्यालय बनाउने र विद्यार्थीलाई आवश्यक पर्ने खेलकुद मैदान , खेल सामाग्री विद्यार्थीको माग अनुसारका विभिन्न विद्युत् उपकरण यन्त्र सबै लाई पहिलो प्रथामिकता दिएर अगाडि बड्ने अठोट दिए । युवा नेता गुरुङले मन्तव्यको अन्तिममा भने अव विहादीको विकास का लागि आफू जनताको घरघरमा पुगेर गुनासो सुन्ने र अब बन्ने काँग्रेसको सरकार जनताको पीडामा मलम बन्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्