एमाले र माओवादीले मुख्यमन्त्रीको टुङगो माघ १४ मा



सैघाली खबर
काठमाण्डौ, ११ माघ । प्रदेश सरकार निर्माण सम्बन्धी एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले १४ माघमा मात्र मुख्यमन्त्री लगायत प्रदेश सरकार सम्बन्धी विषयमा निर्णय गर्ने भएको छ। आज बसेको कार्यदलको बैठकले सम्पूर्ण विषय आगामी बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको हो।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले संघीय मन्त्री मण्डल भन्दा प्रादेशिक मन्त्री मण्डल ठूलो हुने देखिएकाले त्यसको संख्या घटाउन पहल गर्ने निर्णय गरेको एमाले नेता सुरेन्द्र पाण्डेले बताए।

आजको बैठकमा कार्यदलका सदस्य रहेका एमाले नेताद्वय सुरेन्द्र पाण्डे र सुवाषचन्द्र नेम्वाङ तथा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सहभागी थिए। तर, बादल पनि लामो समय बसेनन्। यसैगरी एमालेका शंकर पोखरेल र माओवादी केन्द्रका बर्षमान पुन र मातृका यादवपनि उपस्थित थिएनन्।

प्रदेशमा १० प्रतिशत मान्त्री

वाम कार्यदलको बैठकले प्रदेश सरकारमा १० प्रतिशतमात्रै मन्त्री बनाउने सहमति गरेको छ। संविधानले प्रदेशमा कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाइने व्यवस्था गरे पनि देशभरि मन्त्रीको संख्या धेरै हुने भएकाले १० प्रतिशतमात्रै मन्त्री बनाइने सहमति भएको हो।

प्रदेशमा सरकार मुख्यमन्त्री सहित १० प्रतिशत भन्दा बढी मन्त्री नबनाइने नेता पाण्डेले बताएका छन्। वाम गठबन्धनले प्रदेश नम्बर २ बाहेक ६ वटा प्रदेशमा बहुमतको सरकार गठन गर्ने समेत उनले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्