समाचार

समाजसेवी अधिकारीद्वारा चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न र साइकल सहयोग

By Thah Online

April 28, 2021

काठमाडौं। रत्ननगर वडा नम्बर ११ मंगलपुरमा रहेको गाँमबेशीको चेपाङ संरक्षण केन्द्रमा आश्रीत बालवालिकाहरूलाई खाद्यान्न तथा साइकल वितरण गरिएको छ। रत्ननगर वडा नम्बर १० जनजागृती टोल निवासी सामाजिक व्यक्तित्व तुलप्रसाद अधिकारीले बुधबार केन्द्रमा एक कार्यक्रमकाबिच उक्त सामग्री हस्तान्तरण गरेका हुन्। समाजसेवी अधिकारीले चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न अभाव भएको खबर पाएपछि ४ बोरा चामल ९१२० केजी० सहयोग गरेको बताए।

साथै अधिकारीले चेपाङ संरक्षण केन्द्रका दुईजना सनिमाया चेपाङ र अस्मिता चेपाङलाई एकरएक थान साइकल समेत सहयोग गरेका छन्। केन्द्रमा आश्रित सनिमाया र अस्मिता चेपाङलाई जिरौनामा रहेको पञ्चकन्या माविमा अध्ययन गर्न हिंडेर जानु पर्ने वाध्यता थियो ।

कार्यक्रममा अधिकारीले भने, ‘खाद्यान्न साथै साइकल सहयोग गर्न पाउँदा अत्यन्तै खुसी भएको छु। आगामी दिनहरूमा पनि यसरी नै सहयोगको हात अगाडि बढाउन पाइयोस्।’ कार्यक्रममा संस्थाका अध्यक्ष केपी किरण शर्मा, सामाजिक अभियन्ताहरु मुरली प्रसाद गजुरेल, ज्ञानेन्द्रराज पाण्डेको उपस्थिति रहेको थियो । लाेकपाटी बाट साभार ।