महायज्ञको तयारी तिव्र



सैघाली खबर

दाङ, ११ माघ । प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ स्वरुप जनकल्याण मावि दुधरासले यही माघ १८ गते सञ्चालन गर्न लागेको श्रीमत भागवत ज्ञान महायज्ञका लागि विभिन्न संरचना निर्माणको तयारी तिव्र रुपले भईरहेको छ । दाङमै सिभिल ईन्जिनेरिङ अध्ययन अध्यापनका उद्देश्य सहित १८ देखि २४ गते सम्म सञ्चालन हुने महायज्ञका लागि वाचनालय , होम मण्डप, दर्शक दिर्घा, दर्शनालय र महायज्ञ सचिवालय निर्माण कार्य जारी रहेको महायज्ञ मुल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका हध्यक्ष देवराज विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ महायज्ञको ७० प्रतिशत काम सकिसकेको छ । ’

महायज्ञको तयारी स्वरुप विद्यालय रङरोगनको काम पनि जारी रहेको छ । महायज्ञ सञ्चालन हुने दिन करिव हप्तादिन मात्रै वाँकी रहेकाले विद्यालय आवश्यक अन्य कामहरु पत्राचार, आन्तरिक भेटघाट र समन्वयको काम पनि जारी रहेको उहाँले बताउनुभयो । विद्यालयले शिक्षण यात्रा शुरु गरेको करिव ६७ वर्ष पछिट स्तरिय प्राविधिक शिक्षा सञ्चालनका लागि यो प्रयासका लागि यात्रा थालनी गर्ने खोजेको उहाँले बताउनुभयो ।

महायज्ञ सञ्चालनका लागि स्थानियहरु सहयोग र हौसला पनि वढ्दै गईरहेको उहाँले बताउनुभयो । स्थानिय शिक्षाप्रेमीहरु स्वस्फुर्त रुपमा सहयोगी हातहरु फैलाई रहेकाले महायज्ञ सञ्चालनको तयारीमा सहयोग पुगेको बताउनुभयो । प्राविधिक शिक्षा सञ्ंचालनका लागि करिव पाँच करोडल रुपैयाँ आवश्यक पर्ने देखिए पनि विद्यालयले श्रीमत् भागवत ज्ञान महायज्ञ वाट करिव एक करोड रुपैया आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ ।

केही काम मात्रै वाँकी छ । त्यो काम पनि ४÷५ दिनमै सक्ने गरी निर्माणलाई तिव्रता दिएका छौ । त्यस्तै महायज्ञ सञ्चालनका लागि सवै प्रचार प्रसारको काम पनि तिव्र गतिमा भईरहेको महायज्ञ प्रचार प्रसार समितिका संयोजक दामोदर बस्नेत ‘ राकेश’ ले जानकारी दिनुभयो । गाउँमा जारी रहेको महायज्ञ सञ्चालन मुल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्